काठमाडौं । नेपालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट प्रहरी बनाउने घोषणा गरेका छन् । वीरगञ्ज महानगरपालिकामा एक वडा प्रहरी कार्यालय भवनको उद्घाटन समारोहमा आइजीपी खनालले उक्त कुरा बताएका हुन् । उनले जनताले अनुभूत गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्ने वातावरण सिर्जना गर्न गराउन पनि निर्देशन दिएका छन् ।

हार्दिक शुभकामना !

उनले प्रहरीको मुख्य काम अपराध नियन्त्रण हो भन्दै अपराध नियन्त्रणसँगै बाँकी समय सामाजिक अभियानमा लगाउन पनि सुझाव तथा निर्देशन दिएका छन् ।

उत्कृष्ट कार्य सम्पादन पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले त्यसले नै आम जनताको सेवा र भलो गर्ने बताएका छन् । यसका लागि नागरिकसँगको सहकार्यमा पनि उनले जोड दिएका छन् । उनले आम जनताले प्रहरी प्रशासनको सेवा साह्रै राम्रो छ भन्ने अवस्थामा नआएसम्म प्रहरीले राम्रो काम गरेको छ भनी भन्न गाह्रो हुने पनि बताएका छन् ।

तर सुदुर पश्चिमका जनताले अबोध बालिका निर्मला पन्तलगायतका घटनाहरुको सत्यतथ्य छानबिन गरी जनतामा ल्याउन नसके प्रहरी जहिल्यै पनि जनताका आँखामा बिझाउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर