काठमाडौं, भदौ १३ । बुधबार भएको एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा ओमनसँग नेपाल ७ विकेटले पराजित भएको छ । ओमनको खवार अलीले उत्कृष्ट पारी खेले पछि नेपालले दिएको २२२ रनको लक्ष्य ओमनले ४८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

अलीले तेस्रो विकेटका लागि वैभव वाटेगओंकरसँग ७६ रनको साझेदारी गरे । यससँगै खेल ओमानको पक्षमा गएको थियो । ३६.४ ओभरमा वैभव रन आउट भए । उनले व्यक्तिगत ४१ रन बनाए ।

हार्दिक शुभकामना !

तर, अलीले चौथो विकेटका लागि जिशन मक्सुदसँग अविजित ७७ रनको साझेदारी गर्दै ओमानलाई जित दिलाए । अली ८४ रन अविजित रहे भने मक्सुद ४५ रनमा नटआउट रहे । जतिन्दर सिंह ३० र अकिब इल्यासले १६ रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान पारस खड्काले एक विकेट लिए । सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले विकेट लिन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर