बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य केबी गुरुङले सरकारको दुई तिहाइको दम्भ धेरै दिन नटिक्ने दाबी गरेका छन् । सरकारका गलत काम कारबाहीका कारण जनता सडकमा उत्रदै जाने क्रमा बढोत्तरी भइरहेकाले अब त्यो दम्भ तोडिएर जाने बताएका हुन् ।

जनताले साँच्चिकै विकास निर्माण र समृद्धि लाएको चाहेका थिए र छन् भन्दै विनम्रता र विकासका ठाउँमा सरकारमा पलाएको दम्भलाई तोड्नका लागि सडक संघर्ष नैं एक मात्र विकल्प रहेको पनि बताएका छन् । नेता गुरुङले उक्त कुरा नेकपा (क्रान्तिकारी माओवादी) गुल्मीको प्रथम अधिवेशनको सत्यवती गाउँपालिका–३ लुम्पेकमा मंगलवार उद्घाटन गर्दै उक्त कुरा दाबी गरेका हुन् । पार्टीका प्रदेश ५ का कार्यवाहक सचिव समेत रहेका गुरुङले मुलुकमा बढेको राष्ट्रघात र जनघातका विरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउनुपर्नेमा जोड दिएका थिए ।

हार्दिक शुभकामना !

सरकारले अवैज्ञानिक तरिकाले बढाएको कर खारेजीका लागि पार्टीले आन्दोलन अघि बढाउने भन्दै गुरुङले मुलुकमा बढिरहेको बलात्कार, अपहरण, तस्करी, घुसखोरी तथा माफियागिरीका विरुद्धमा जनताको साथलिएर सरकारलाई प्रहार गर्ने बताए । उनले सरकार आफैमा दलाल तथा नोकरशाही भएकाले देशमा घटेका जनविरोधी घटनाहरुको उसले ढाकछोप नै गर्ने बताए ।

अधिवेशनबाट क. गर्जन सेक्रेटरी रहेको १७ सदस्यीय पार्टीको जिल्ला समिति निर्वाचित गरिएको छ । सदस्यहरुमा अबिरल, तेन्जीङ, सृजना, पहाड, मार्शल, आविष्कार, सबल, लेखक, सागर, विशाल, विकास, संगीन, सहेनिमार, पश्चिमा आदि रहेका छन् ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य तेजकुमारी थापा, देजमो गुल्मीका अध्यक्ष केशव अधिकारी, क्रान्तिकारी युवा लिग गुल्मीका संयोजक प्रगति राना, अखिल नेपाल दलित मुक्ति मोर्चा गुल्मीका संयोजक श्याम नेपाली लगायतले मन्तव्य दिएका थिए ।

पार्टी जिल्ला समिति सदस्य तेन्जीङले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता पार्टीका सचिव गर्जनले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर