काठमाडौं । ‘दिदी ! यो रायोको साग कसरी ?’ ताहाचलमा डेरा गरी बस्ने सविना केसीले सोधिन् । त्यसै त हो, विद्यार्थीका लागि काठमाडौं निकै महंगो छ । साग बेच्ने दिदीले वेवास्तापूर्वक जवाफ दिइन् ‘चिच्याइरहेकी छु, सुन्नु भएन र, १२० रुपैया किलो ।’

हार्दिक शुभकामना !

सविनाले जिब्रो टोकिन् । तर लजाए झैं गरी सागको मुठो समाएर भनिन् ‘एक पाउ दिनोस् न त ।’ दिदीले ट्वाल्ल परेर सविनाको मुखमा हेरिन् र भनिन्– ‘कति जनाको परिवारलाई हो ?’ सविनाले ती दिदीको मुखतिर पनि नहेरी जवाफ दिइन्– ‘एक जना ।’

साग अलि केही ताजा थियो । एकजना बूढी आमा आइन् र हतारहतारमा अरुलाई पन्साएर भित्र पसेर भनिन्– ‘मलाई त्यो हरियो एक मुठा साग देऊ त नानी ।’ साग बेच्ने दिदीले सविनालाई एक पाउ साग छुट्याएर दिनुका सट्टा ती बूढी आमालाई सिंगै एक मुठा प्लाष्टिकमा राखेर दिइन् ।

‘पैसा कति ?’ बूढी आमाले सोध्दै चौबन्दी चोलीको गोजीमा हात हालिन् । ‘एक सय बीस,’ साग बेच्ने दिदीले जवाफ दिइन् । बूढी आमाले फत्फताउँदै भनिन्– ‘एक सय बीसको साग, हुन्छ एक छाक !’ वरपर उभिएका सबै हाँसे ।

बर्खा याममा पनि कालीमाटीमा तरकारीको भाउ निकै चर्को छ । किसानका खेतबारीमा पाँचदेखि दश रुपैयाँ प्रतिकिलो उठाएर बिचौलियाहरुले कालीमाटी ल्याउँदासम्म यसको मूल्य १२० सम्म पर्न आउने गर्दछ । गाउँबाट ल्याउनेले दोब्बर मूल्य गर्दा दशको बीस पर्न आउँछ र गाउँको बिचौलियालाई दिन्छ । त्यो बिचौलियाले काठमाडौं पठाउनेलाई दोब्बर मूल्य गरेर बीसको ४० मा दिन्छ । काठमाडौको कालीमाटी थोक बजारमा ल्याएर उसले पनि दोब्बर मूल्य बनाउँछ र ८० रुपैया किलोका हिसाबले दिन्छ । त्यो खुद्रा बजारमा पुग्दासम्म १२० रुपैयाँ प्रति किलो हुन आउँछ ।

फेरि आजभोलि बजारमा महंगी छ । सरकारले र सरकारी नेताहरुले चुनाव जित्न पैसा देऊ, पछि ह्वात्तै मूल्य बढाइने छ भनेर गरेका बाचाअनुसार बजार मूल्य छोई नसक्नुको छ । गाउँका बिचौलियादेखि कालीमाटीका बिचौलिाया हुँदै सरकारी दररेटसम्म आइ पुग्दा यसरी मूल्य बढेर आउने गरेको छ ।

सरकारले तरकारी बजारमा ठूलो रकम लिएर सिण्डिकेट यथावत कायम गरिरहेको छ । यसको प्रत्यक्ष मार उपभोक्ताहरुमाथि परिहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर