दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) ठाटिकाध गाउँपालिकाको भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज प्रकाश उर्जाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले उक्त गाउँपालिकाको इन्चार्जमा आगमन र सेक्रेटरीमा सक्रियलाई चयन गरेको छ भने भेलाले सदस्यहरुमा राहुल, हिमाल, मनोजसहित १५ जनाको पार्टी कमिटि निर्माण गरेको छ ।

हार्दिक शुभकामना !

समाचार स्रोतका अनुसार सोही भेलाले राजेशलाई क्रान्तिकारी युवा लिगको गापा संयोजकमा प्याटन, मनोज, टेकेन्द्र, विपिन, जगतलगायत नौ जनालाई सदस्यम ाचयन गरेको छ । सोही भेलाले किसानको संयोजकमा सक्रिय, मजदुरको संयोजकमा हिमाल, दलितको संयोजकमा किरण, पत्रकारको संयोजकमा मनोज, शिक्षक तथा बुद्धिजीवी र देजमो संयोजकमा सुरेन्द्र विकलाई चयन गरेको छ । त्यसैगरी जिल्लाको आठविस नपाको नगर भेलाले क्रान्तिकारी माओवादीको सम्पर्क समिति निर्माण गरेको छ । प्राप्त समाचार अनुसार भेलाले चेतन इन्चार्ज, सुरेश सेक्रेटरी, देजमो संयोजकमा प्रेमनाथ योगी रहेको सम्पर्क समिति निर्माण गरेको जिल्ला इन्चार्ज प्रकाश उर्जाले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर