नयाँ दिल्ली । सांगठानिक अभियानलाई तीव्रता दिंदै आएको नेपाली एकता समाज, भारतले पछिल्लोपटक दिल्ली राज्यको सोनिपत नगरको सम्मेलन सम्पन्न गरेको छ । प्राप्त जानकारी अनुसार १९ अगस्त २०१८ का दिन उक्त नगरको सम्मेलन सम्पन्न भएको हो । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाको प्रमुख आतिथ्यता र वामपन्थी नेता इन्द्रमोहन सिंग्देलको विशेष आतिथ्यतामा सम्पन्न सम्मेलनले अध्यक्ष मुम बहादुर जिएम, उपाध्यक्ष, लब बहादुर थापा, सचिव दल बहादुर रायमाझी, सहसचिव राम प्रसाद भुषाल र कोषाध्यक्ष विष्णु बराल थापा रहेको १७ सदस्यीय सोनिपत नगर समिति गठन गरेको छ । सम्मेलनले चार सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ भने अध्यक्ष मीना थापा, उपाध्यक्ष शारदा ठकुरी, सचिव अनिष राय बराल, सहसचिव रुपा भुषाल र कोषध्यक्ष सावित्रा रायमाझि रहेको १३ सदस्यीय महिला समिति पनि निर्माण गरेको छ ।
मुम बहादुर जिएमको अध्यक्षता र लब बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको सम्मेलनमा दल बहादुर रायमाझीले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि थापा, विशेष अतिथि सिंग्देल, नेपाली एकता समाज, भारतका केन्द्रीय उपाध्यक्ष शोभाखर अधिकारी, नेपाली एकता समाज, भारतका केन्द्रीय सचिव शम्भु थापा, केद्रीय सचिवालय सदस्य तथा दिल्ली राज्य समितिका अध्यक्ष हरिथापा लगायतका नेताहरुले सम्मेलनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रतीक लामा लगायतका सामाना परिवारका केन्द्रीय कलाकारहरु र स्थानीय कलाकारहरुले पनि प्रगतिशील गीत तथा नाचहरु प्रस्तुत गरेका थिए ।