
काठमाडौँ । विश्वमा धर्मको नाममा महिला तथा बालबालिकाहरु माथि यौन शोषण गर्ने कुख्यात बलात्कारीहरुमा ईसाई पादरीहरु पहिलो पङ्क्तिमा रहेका छन् । बलात्कारको अनुपात क्रिस्चियन देशहरु अमेरिका, बेलायतदेखि युरोपियन युनियनसम्म रहेका छन् । यसपछिको पंक्तिमा क्रिष्चियन प्रभुत्व रहेका देशहरु पर्दछन् । तेस्रो पंक्तिमा क्रिष्चियन धर्मको पछिल्लो चरणमा प्रचारहुँदै गरेका मुस्लिम देशहरु पर्दछन् ।
विश्वभर क्रिष्चियन धर्मद्धारा हिन्दु, बौद्ध, मुश्लिम तथा प्राकृतिक धर्महरुमाथि बढ्दो अतिक्रमणसँगै पादरीहरु स्वेच्छाचारी बन्दै गएका हुन् । पुँजीवादको साम्राज्यवादमा विस्तार भएसँगै ईसाई पादरीहरुले परम्परागत नैतिक धर्म आत्मिक रुपमा परित्याग गरिसकेका देखिन्छन् । पुँजीको विकास र विस्तारसँगै मुनाफा कमाउने ऐश आराम गर्ने विलाशितामा रम्ने र स्वेच्छाचारितापूर्वक मनोविनोदका कामहरु गर्ने यी पादरीहरुका नैतिक विशेषताहरु बन्न गए ।
धर्मको छाता ओढेर समाजलाई नैतिकताको ढोंंग देखाउँदै यौन व्यभिचारमा निर्लिप्त हुँदै गए । सुरुसुरुमा यिनीहरुको यो पाखण्डलाई पादरीहरु, पुँजीवादी साम्राज्यवादी शासकहरु र तिनका अदालतहरुले ढाकछोप गरिरहे । यी सबै विश्वभर अशिक्षित मानिसहरुलाई शिक्षित र सभ्य बनाउने अभियानमा लागेका ईसाई साम्राज्यका प्रचारक तथा खम्बाका रुपमा आदर्शीकरण गरिएकाले बच्दै बचाउदै गरिएका थिए ।
तर जब विश्व मानव समुदायमा ईसाई र गैरईसाईको बीचमा खडा गरिएको विभेदकोे पर्खाल पुँजीवादी मानवतावादले हटाउँदै लैजान थाल्यो, तब ईसाई पादरीहरुकौ अनैतिक र यौनजन्य हिंसामा खडा भएका पाखण्डहरु स्वयंम् ईसाई समाजले बाहिर ल्याउन थाल्यो ।
विश्वको नं.१ प्रजातान्त्रिक देश र विश्वमा ईसाई धर्म प्रचारको मुख्य ठेकेदार अमेरिकाभित्रै मानिसहरुले कल्पना नगरेका ईसाई पादरीहरुका यौन कुकृतिहरु सतहमा आए । पछिल्लो पटक खुलस्त भएको घटनाअनुसार अमेरिकाको पेन्सिलभेनियास्थित क्याथोलिक चर्चहरुमा रहेका तीन सयभन्दा बढी धर्म गुरुहरुबाट एकहजार भन्दा बढी बालबालिका तथा महिला यौन हिंसाका सिकार भएका विवरणहरु तथ्यसहित बाहिर आए । यौन हिंसामा परेका अधिकांश बालबालिकाहरु दश वर्ष भन्दा मुनिका छन् ।
पेन्सिलभेनियाको ग्य्राण्ड जुरी नाम गरेको अनुसन्धान समितिले त्यहाँस्थित पादरीहरुले उक्त घटनालाई ढाकछोप गर्न प्रयास गरिरहेको र अन्य हजारौं यौन हिंसाका घटनाहरु पीडितहरुले नै जानकारीमा ल्याउन नचाहेको डरलाग्दो चित्र खुलस्त गरेको छ ।
सन् २००२ मा गिरजा घरहरुमा निकै ठूलो सुधार ल्याइएको बहुरंगी प्रचारपछिको छ वर्षभित्रै संंंसारका मानवजातिलाई आतंकित पार्ने गरी अमेरिका भित्रैबाट यस्ता डरलाग्दा घटनाहरु सार्वजनिक हुन पुगेको हो । यौन हिंसामा मुछिएका त्यस्ता पादरीहरुलाई तिनका पदहरुबाट हटाई कडा कारबाही गरिने व्यवस्था गरिएको भनी ढोंग देखाउने अमेरिकी प्रशासनले यी तीन सय पादरीहरुलाई कारबाही गरेको सार्वजनिक गरेको छैन ।
बरु प्रसाशनले विश्वमा अमेरिकी पादरीहरुको बेइजज्त हुन्छ भनेर त्यसलाई ढाकछोप गर्नतिर लाग्यो । हाल उनीहरुलाई मुद्दा चलाउन आवश्यक पर्ने समयसीमा कटिसकेकाले मुद्दा चलाउन नसकिने भनी छाडा छोडिदिएको छ । पेन्सिलभेनिया भन्ने राज्यमा रहेका यस्ता गिर्जाघरहरुमा मुख्य गरी एलएनटाउन, एरि, ग्रिन्सवर्ग, ह्यारिसवर्ग, पिटर्सवर्ग, स्क्रान्टन आदि रहेका छन् ।
हाल सम्म यस्ता यौन र्दुव्यवहारका घटनाहरुलाई लिएर दर्जनौपटक ग्राण्ड जुरीले अनुसनधान गरेको गर्यै छ । पादरीहरुले बालबालिकाहरु माथि यौनदुराचार गरेको गर्यै छन् र अदालतले यौन दुराचारी पादरीहरुलाई कारवाही गर्नुको सट्टा हरेक पटक उन्मुक्ति दिएको दियै छ ।
त्यसैगरी अरु धर्महरु भएका देशहरुमा ती धर्ममाथि अतिक्रमणका लागि पसेका इसाई पादरीहरुले निकै वितण्डा मच्चाएका छन् । धर्म प्रचारपछि यिनीहरुले सोमालिया र सुडान जस्ता देशमा जनताबीच विभाजन ल्याएर देशहरु नै विभक्त गरिदिएका छन् । यिनीहरु अरु देशहरुमा पद, प्रतिस्ठा र मोजमस्तीका लागि गएका हुन्छन् । त्यहाँ पनि यिनीहरुले यौनजन्य हिंसाका अनगिन्ति घटनाहरु घटाइरहेका छन् ।
पछिल्लो पटक टर्कीले यस्ता कुख्यात पादरीहरुलाई नजर बन्दमा राखिदिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरुको रिहाइको माग गरेर टर्कीमाथि नाकाबन्दी पनि लगाएका छन् । तर टर्की यसका लागि तयार छैन ।






























