काठमाडौं । टर्कीका सेना र टीकेपी एमएलका छापामारहरु बीच भएको भिडन्तमा ५ जना छापामारहरु क्रुरतापूर्वक हत्या गरिएका छन् । अगस्ट ५ तारेखको रातभर भएका विभिन्न हमलाहरुमा यी बर्बरतापूर्ण हत्याहरु गरिएको टीकेपीएमएलले जनाएको छ ।

हार्दिक शुभकामना !

यी घटनामा छापामारहरुलाई निकै यातना दिएर मारिएको र मारिएपछि पनि उनीहरुको मुखमा प्रज्जवलनशील पदार्थहरु खन्याएर आगो लगाई आफन्तहरु तथा जनसाधरणले चिन्न नसक्ने गरी फ्याँकिदिएका थिए । घटनापछि पनि टर्कीका प्रहरीहरुले पिछा गरिरहेकाले सहादत प्राप्त छापामारहरुको सनाखत गर्न निकै नै कठिनाइ परेको थियो ।

आफन्तहरुको सहारामा सनाखत गरिए पछि पनि अन्तेष्टि गर्न निकै गाह्रो परेको त्यहँका सञ्चारमाध्यमहरुले बताएका छन् । मुस्किलले ३ जनताको केही दिन अगाडि अन्तेष्टि गर्न सकिए पनि अरु तीन जनाको भने निकै गाह्रो परेको थियो । पहिलेका तीन जनाको अन्तेष्टि गर्दा सरकारी सेना र प्रहरीले अन्तेष्टि स्थलमा नै हमला गरेका थिए ।

बाँकी रहेका तीनजनाको अन्तेष्टि भने स्थानीय जनताको सहयोगमा मात्र गर्न सकिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार