काठमाडौं । जवाहरलाल नेहरु विश्वविद्यालयमा क. उमार खालिद माथि भएको आक्रमण भारतीय हिन्दू फासीवादी तथा हिन्दुत्वको विरोध गर्ने प्रजातान्त्रिक आवाजमाथि भएको राज्य निर्देशित क्रुर आक्रमण भएको समाजवादी विद्यार्थी युनियन मणिपुरले जनाएको छ । स्वयम् उमार पनि यस्ताखाले कायरतापूर्ण आक्रमणको विरोध र सत्य तथा न्यायको पक्षमा रहेको उसले जनाएको छ ।
क. उमार खालिद भगतसिंहअम्बेडकरले आयोजना गरेको एक कार्यत्रक्रममा सहभागी हुन जाँदा उक्त आत्रक्रमण गरिएको थियो । हिन्दुवादी दल विजेपी सत्तामा आएपछिका अतिवादी क्रियाकलापहरुको विरोधमा हुन लागेको कार्यक्रममा भाग लिन जाँदा यो आक्रमण भएको थियो ।
क्लबमा पुगेर चिया खाँदै गर्दा उनलाई पछाडिबाट आक्रमण गरिएको थियो । तर आक्रमण हुनै लाग्दा उनका सहयोगीहरुले बन्दुक ताकेर आइरहेको मानिसलाई धकेलेर पछाडि फालिदिए । तर उसले फेरि प्रयास गरी अघि बढ्न लाग्दा शरिक हुसैन र बानोज्यात्स्ना लाहिरीले उसलाई लखेट्न थाले । बन्दुक लिएको मानिसले ताकेर शरिकलाई हान्यो, तर भाग्यवस उनलाई यो गोली लागेन । त्यसपछि त्यो बन्दुक बाटामै छाडेर ऊ त्यहाँबाट भाग्यो ।
यो आक्रमणभन्दा पछाडि रवि पुजारी भन्ने एक कुख्यात गुण्डा नाइकेले उमारलाई मार्ने धम्की दिएको थियोे । सरकार र सरकारी मानिसहरुले पनि ती गुण्डाहरुलाई प्रोत्साहित गरिरहेका छन् । तर खालिदको जोखिममा रहेको ज्यानको रक्षाको जिम्मा लिएको छैन ।
अहिले भारतभर हिन्दु फासिज्मको चकचकी चलिरहेको छ ।