काठमाडौं, साउन २७ । नेपाल वायु सेवा निगमको न्यारोबडी एयरबसको इन्जिनमा समस्या देखिएपछि कतारमै ग्राउन्डेड भएको छ । गत शुक्रबार बिहान काठमाडौंबाट दोहा गएको ए३२० सिरिजको उक्त एयरबस सोही दिन बेलुका काठमाडौं फर्कने तालिका थियो तर इन्जिनमा समस्या देखिए पछि जहाज दोहामै ग्राउन्डेड भएको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार इन्जिनमा आएको समस्यासम्बन्धी रिपोर्ट कम्पनीमा पठाइसकिएकाले मर्मत सकेर जहाज सोमबारसम्म काठमाडौँ आइपुग्ने बताए ।

यो जहाज यसअघि इन्जिनमा समस्या आउँदा भारतको राजधानी नयाँदिल्लीमा १५ दिन भन्दा धेरै समय ग्राउन्डेड भएको थियो । यो जहाजमा समस्या देखिएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिकासमेत प्रभावित भएको छ । निगमले अहिले दुईवटा न्यारोबडी र एउटा बोइङमार्फत् अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेको छ । असार १४ गते फ्रान्सबाट आइपुगेको पहिलो वाइडबडी एयरबसले पनि केही दिन अघिदेखि व्यवसायिक उडान थालिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर