टर्कीमा गहिरिंदो आर्थिक संकट

टर्कीमा गहिरिंदो आर्थिक संकट

काठमाडौं । टर्कीको मुद्रा लिराको भाउ निकै घट्दो क्रममा छ । पोहर साल अमेरिकी डलरको तुलनामा ४० प्रतिशतले गिरावट आएको लिरा अहिले ६० प्रतिशतले घट्न थालेको छ । मुद्रा अबमूल्यनले निम्त्याएको संकट देशले धान्न सक्छ वा सक्दैन भन्ने बहस चल्न थालेको छ ।
यो संकट आउनुमा त्यहाँका अर्थविदहरुका अनुसार टर्कीले लिएको धानी नसक्नुको वैदेशिक ऋण नै हो । लिएको ऋणको व्याज पनि तिर्न नसकेर टर्की अब राष्ट्रिय संकटमा फसिसकेको छ । देशको आर्थिक उत्पादन दिनप्रतिदिन घट्दै गइरहेको छ । परनिर्भता ह्वात्तै बढेर गएको छ । टर्कीबाट विदेश निकासी गरिने सामानहरुको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै सस्तो भएर जानाले व्यापार घाटा तिब्ररुपमा बढेर गएको छ ।

अहिले पछिल्ला दिनहरुमा आएर अमेरिकाले स्टिल र आल्मुनियममा बढाएको व्यापार कर टर्कीमा दोब्बर हुन आएको छ । यसले आर्थिक रुपमा खस्कदै गएको टर्कीलाई घाउमा नुनचुक झैं हुन गएको छ ।