इरानविरुद्ध अमेरिकी नाकाबन्दी युरोपद्वारा अस्वीकार

इरानविरुद्ध अमेरिकी नाकाबन्दी युरोपद्वारा अस्वीकार

काठमाडौं । इरानमाथि अमेकिाले एकतर्फी नाकाबन्दी घोषणा गरे पनि युरोपीय युनियनले त्यो अस्वीकार्य हुने बताएको छ । तर अमेरिकाले सबै देशहरुलाई नाकाबन्दीमा साथ दिन र इरानसँग व्यापार नगर्न अनुरोध गरेको छ । तर रसियाले पनि यो नाकाबन्दीको कडा विरोध गरेको छ ।

इरानले यो अमेरिकाको दादागिरी भएको र अमेरिका सन् २०१५ को आणविक सन्धिबाट पछि हटेको बताएको छ । अहिलेको नाकाबन्दी अमेरिकी लहड मात्र भएकाले यसले इरानमाथि खासै असर नपार्ने र इरानले यस अघि पनि निरन्तर अमेरिकी नाकाबन्दी खेप्दै आउँदा बानी परिसकेको बताएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा लगानी गर्ने कम्पनीहरुमाथि प्रतिबन्ध लगाइने भनेपछि त्यहाँ रहेका विदेशी कम्पनीहरु भने इराने छाड्ने मानसिकतामा रहेका छन् । जर्मन कार कम्पनी डायमरल इरानबाट बाहिरिने तरखरमा रहेको बताइएको छ ।

यो इरानका लागि हालसम्म गरिएको पछिल्लो र कडा खालको भएको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । तर इरानमाथि अन्याय गरिन्छ भने आफूहरु जस्तो सुकै कठिनाइ पनि भोग्न तयार रहेको राष्ट्रपति हसन रौहानीले बताइएका छन् ।