कञ्चनपुर श्रवण २३ । कञ्चनपुरको विभिन्न ठाउँमा भारतको पटक–पटक दादागिरी लादिरहेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नम्बर ९ को बह्रमदेवमा नेपाली भूमिमा टनकपुर ब्यारेजबाट बह्रमदेवसम्म जोड्ने सडक निर्माणमा नेपाली भूमि कब्जा गरेर सडक निर्माण गरिरहेको छ ।
भिमदत्त नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष रामनाथका अनुुुुसार भारतले टनकपुर ब्यारेजबाट बह्रमदेवसम्म जोड्ने सडक १३.५ मिटर चौडा सडक बनाइराखेको छ । विगतदेखि नै ३ नम्बर पिलरमा विवाद रहेको भए पनि अहिले एकतर्फी रुपमा नेपाली भूमि कब्जा गरेर सडक निर्माण गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी कुमार खड्काले पनि भारतले कुनै जानकारी नगराई सडक निर्माण गर्न थालेको बताउनुभयो । हिजो मात्रै प्रमुख जिल्ला अधिकारी कुमार खड्का, भिमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र बिष्ट वार्ड नम्वर ९ का अध्यक्ष रामनाथ, स्थानीय विद्यार्थी संगठन लगायतले स्थलगत अध्ययन गरेका छन् ।
नेपाली भूमि कब्जा गरेर सडक निर्माण गर्न लागेको भन्दै स्थानीयले बिरोध गरेका छन् । स्थानीयका अनुुसार वामपन्थी दुई तिहाईको सरकार भएपनि पटक पटक कञ्चनपुरको विभिन्न ठाउँमा सिमा विवाद हुँदा पनि कुनै प्रतिक्रिया नदिनुले यो सरकार प्रतिक्रियावादी र भारतको दलाल भएको सीमाका पीडितहरुले आक्रोश पोखेका छन् ।
सिमा बचाउ अभियानमा लागेको नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरका नेता कार्यकर्ता, विद्यार्थी नेताहरुले बुधबार बिवादित सिमाको स्थलगत अध्ययन गरी भारतले एकतर्फी दादागिरी गरेर नेपाली भूमि कब्जा गरेर सडक निर्माण गरिरहेकोप्रति गम्भीर आपत्ति जनाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले सिमाका लागि जस्तोसुकै मूल्य चुकाउनु परेपनि प्रतिरोध आन्दोलन गर्ने पार्टी सहसचिव बिष्णुराम दमाईले चेतावानी दिए कञ्चनपुरमा क्रान्तिकारी माओवादीले सिमा बचाउनका लागि आन्दोलन गर्दै आएको छ ।
कञ्चनपुरको पुनर्बास, वेलौरी, वेल्डाडी, बह्रमदेवमा पटक–पटक सिमा बिवाद हुँदै आएको छ । नेपालीहरुले कञ्चनपुरका बिभिन्न सिमामा भारतीय एसएसबीबाट बिभिन्न यातना खेप्दै आएका छन् । उनीहरु सरकारको दलाल चरित्रका विरुद्ध आक्रोशित बन्दै गएका छन् ।