ठूलालाई मार्सीको भात, सानालाई लाग्यो बात्

ठूलालाई मार्सीको भात, सानालाई लाग्यो बात्

प्रधानमन्त्री र उनका साथी पुष्पकमल दाहालले एक मेडिकल खरिदकर्ताकहाँ गएर रातो, गुणिलो र पोषिलो मार्सी चामलको भात खाए । त्यो पनि रातमा सुटुक्क दुइजना मात्र गएर । खाएको भोलिपल्ट मार्सीको भात फेसबुकमा भाइरल बन्यो । ओलीले दुखेसो पोखे– मेरो यत्रो विरोध भएरहेको छ, कोही पनि चुँसम्म बोल्दैनन् ।

कानुन मन्त्री शेरबहादुर तामाङ कस्सिए । अनसन बसेका केसीको प्रसंग जोड्दै बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका नेपाली चेलीहरुले सर्टिफिकेटका लागि अस्मिता बेच्छन् भनेर भाषण नै दिए । उनको आखिरमा मन्त्री पद धरापमा पर्यो । उनी सरकारबाट फुत्त बाहिरिए ।

तर आश्चर्यको कुरा त केसम्म पनि भयो भने मार्सी भातले पखाला लाएन । बात्ले भने टिकिसाध्य नै भएन ।