क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुरहरु संगठित

क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुरहरु संगठित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुर संघको काठमाडौं जिल्लाको १ नं. र २ नं. इलाका भेला सम्पन्न भएको छ । श्रावण ३ र ५ मा भएको भेलामा अटो मेकानिक्स क्षेत्रमा कार्यरत मजदुरहरु संगठित भएका छन् ।

प्राप्त जानकारी अनुसार श्रावण ३ मा तीनकुने गैरी गाउँमा सम्पन्न भएको भेलाले शेरबहादुर दलामी मगरको अध्यक्षतामा ७ जनाको इलाका कमिटि निर्माण गरेको छ । उक्त कमिटिको उपाध्यक्षमा नेक महम्मद, सचिवमा श्याम प्रसाद सापकोटा र कोषाध्यक्षमा राजेश कोइरालालाई चयन गरिएको छ भने सदस्यहरुमा अजमद अली, मनोज साह, गणेश साहलगायत रहेका छन् ।

त्यसैगरी श्रावण ५ मा सिनामंगल भिमसेन गोलामा सम्पन्न भेलाले टंकराज गिरीको अध्यक्षतामा ९ सदस्यीय २ नं. इलाका कमिटि गठन गरेको छ । उक्त कमिटिको उपाध्यमा राजु शाही, सचिवमा राम सुन्दर डंगोल, कोषाध्यक्षमा श्याम नकर्मी र सदस्यहरुमा रमेश आचार्य, विनोद यादव, साहिल खान, छोटु, अशोक स्थापितलगायत रहेका छन् ।

क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुर संघका केन्द्रीय अध्यक्ष कुमार घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दुवै भेलामा संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा काठमाडौं जिल्ला अध्यक्ष वैकुण्ठ घिमिरे, केन्द्रीय कोषाध्यक्ष नवराज दाहाल, जिल्ला उपाध्यक्ष प्रकाश श्रेष्ठ, सचिव बुद्ध तामाङ, जिल्ला सदस्यहरु रामनारायण महतो, दिपक विश्वकर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।