रोकिएन सुन तस्करी, दुई किलो ६ सय ८० ग्राम सुनसहित दुई भारतीय एयरपोर्टमा पक्राउ

रोकिएन सुन तस्करी, दुई किलो ६ सय ८० ग्राम सुनसहित दुई भारतीय एयरपोर्टमा पक्राउ

काठमाडौं, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ६ सय ८० ग्राम अवैध सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७ बाहक अरीफ अली रहेका प्रहरीले जनाएको छ ।

थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरुले आफ्नो शरीर भित्र लुकाई छिपाई ल्याएको सुन बिमानस्थलको एराईभल गेटबाट प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।