जन्मियो दक्षिण पूर्वी एशियाकै सानो बच्चा, तौल ३ सय ७५ ग्राम

जन्मियो दक्षिण पूर्वी एशियाकै सानो बच्चा, तौल ३ सय ७५ ग्राम

एजेन्सी । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । तर डाक्टरहरु के कुराले हैरान छन् भने आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो ।

भारत छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो ।

डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक मुट्ठीमै समाउन सकिन्छ । आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।