धनुषा । नेपाल भारतको सीमा क्षेत्र दशगजामा भारतले एकतर्फी रुपमा चेकपोष्ट निर्माण गरेको छ । नेपाल भारत सीमनाको धनुषाको जटही नाकाको दशगजा क्षेत्रमा भारतीय कस्ट्युम अफिसले एकतर्पी चेक पोष्ट निर्माण गर्न थालेको हो ।
धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर २ र भारतको मधुवनी जिल्लाको पिपरौनको सीममा भारतले एकतर्फी रुपमा चेक पोष्ट निर्माण गरेको छ ।
एसपी ५१ र पिल्लर नम्बर २८४ र ३५ को बीचमा कस्ट्युम अफिसले चेक पोष्ट निर्माण गरेको छ । चेक पोष्ट जमुनी नदीको दक्षिणी किनारमा पर्छ ।
नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले पटक पटक रोकेपनि भारतीय पक्षले एकतर्फी रुपमा चेक पोष्ट निर्माण गरेको हो ।
नेपाली पक्षले निर्माण नगर्न आग्रह गरेपनि भारतीय पक्षले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर चेक पोष्ट निर्माण गरिरहेको छ ।
उक्त चेक पोष्ट गत जेठ १५ गते निर्माण सुरु भएर बीचमा रोकिएको थियो ।
समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराएपनि कुनै पहल नभएको बोर्डर आउट पोष्ट नगराइनका सशस्त्र प्रहरी निरीक्षक जगदशीशप्रसाद थारुले जानकारी दिए ।