काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य कपिलदेव भट्टमाथि नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव भनिने हेमराज थापाले गरेको सांघातिक आक्रमणको घोर निन्दा एवम् भत्र्सना गर्दै अखिल (क्रान्तिकारी)का महासचिव राम नेपालीले पीडक थापामाथि कडा कारबाही गर्न सम्बन्धित पक्षसित जोडदार माग गरेका छन् ।
महासचिव नेपालीले शनिबार एक वक्तव्य जारी गरी भनेका छन्, “घाइते तथा पीडित कपिल देव भट्टमाथि भएको भौतिक, मानसिक र शैक्षिक क्षतिको क्षतिपूर्तिसहित पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग हामी जोडदार माग गर्दछौं ।” उनले पीडक थापालाई कारबाहीको दायरामा नल्याए संघर्षमा उत्रन बाध्य हुने पनि चेतावानी दिएका छन् । वक्तव्यमा जनाइए अनुसार ०७५ साउन ४ गते दिउसो २ बजे त्रिविवि केन्द्रीय क्याम्पस परिसरभित्र सामान्य विवादकै कारण थापाले भट्टमाथि गुण्डागर्दी शैलीमा सांघातिक आक्रमण गरेका थिए ।