अपहरणकारी अभिभाकसँग पूरा हुने देखिदैन अनसनकारी नागरिकको माग

अपहरणकारी अभिभाकसँग पूरा हुने देखिदैन अनसनकारी नागरिकको माग

 

 

 

 

काठमाडौँ– देशको चिकित्सा शिक्षा सुधारका लागि जनविरोधी विधेयक नल्याउन माग गर्दै दूरदराजको जुम्लामा २० दिनसम्म आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अपहरणकारी अभिभावक सरकारले काठमाडौंमा ल्याएर अलपत्र पारेको छ । लामो अनसनका कारण कमजोर अवस्थामा रहेका केसीलाई जबर्जस्त सेनापुलिस परिचालन गरी उठाएर काठमाडौंमा ल्याए पछि उनलाई हाल वेवास्ता गरिएको छ । केसीलाई २०औं दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट सेनाको हेलिकोप्टरमा हाली काठमाडौँ ल्याइएको थियो ।

केसीको आत्म स्वीकृतिबिना अपहरण गरेर काठमाडौंमा ल्याएपछि पनि सरकारी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर वार्ताको वातावरण तयार पार्ने काम गरेको छैन । त्यसैले वार्ताका लागि वार्ता गर्न पठाएको सरकारी मानिसहरुलाई केसीले अनाधिकारिक भन्दै अधिकारसहितको वार्ता टोली आएर उनीसँग सम्वाद थाल्न माग गरेका छन् ।

सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । केसीको प्रमुख मागमा १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन नदिने प्रावधान रहनुपर्ने कुरामा जोड रहेको छ । उनका अनुसार बरु दूरदराजका इलामा मेडिकल कलेजहरु खोलिनुपर्ने रहेको छ । हाल डा. केसी महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा अनसनरत छन् ।

अनसनरत केसीलाई काठमाडौँ ल्याएपछि वार्ता गर्न सहज हुने बताउँदै आएको सरकार आफ्नो पूर्ववत् अडानमा टसको मस छैन । केसीसँग दुईदुई पटक वार्ता गरिसकिएको भन्दै जनतालाई भ्रममा पारिरहेको छ । केसीको नजिकै गएर सञ्चो या विसञ्चोका कुरा गरेर सरकारी वार्ता टोलीले ढाँटढुँट गरिरहेको छ ।

यता केसीको भने सरकारी कर्मचारीसँग वार्ता नगर्ने र मन्त्रीस्तरीय वार्ता टोली गठन भएमा संवाद अघि बढाउने सोच रहेको छ । तर प्रम ओलीको सचिवालयले केसीको माग पुरानो भैसकेको भन्दै नयाँ रटान रट्न थालेको छ । यसबाट संवाद र सहमतिको कुनै संकेत पनि देखिएको छैन ।