पुटिनलाई ह्वाइट हाउसको निम्तो दिएर आफ्नै अधिकारीलाई चकित पारे ट्रम्पले

पुटिनलाई ह्वाइट हाउसको निम्तो दिएर आफ्नै अधिकारीलाई चकित पारे ट्रम्पले

काठमाडौं । फिनल्याण्डको हेलसिन्कीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बीचमा भएको द्वपक्षीय वार्तालाई निकै महत्वका साथ प्रसार गर्दै ट्रम्पले पुटिनलाई ह्वाइट हाउसमा निम्तो दिएका छन् । आगामी शरद ऋतुमा अमेरिकाको भ्रमणका लागि दिइएको निम्तो पुटिनले स्वीकार गरेका छन् । यसका साथै ह्वाइट हासमा हुँदै गरेको तयारीका विषयलाई लिएर अमेरिकी कर्मचारी तथा गुप्तचर अधिकारीहरू आश्चर्यमा परेका छन् ।

तर ह्वाइट् हाउसकी प्रवक्ताले यो कुराको जानकारी दिंदै निमन्त्रणाअनुसार पुटिनको अमेरिका भ्रमण आगामी शरद ऋतुमा हुने पक्कापक्की भएको भएको बताएकी छन् ।

ट्रम्प र पुटिनबीच फिनल्याण्डमा भएको बैठकपछि ट्रम्पको रुसनिकटताको आभाषहुने गरी दिएका अभिव्यक्तिहरुलाई लिएर ट्रम्पको अमेरिका भित्रै चर्को आलोचना सुरु भएको थियो । उनी सीआईए, आफ्ना निकट समर्थक र विपक्षीहरुको आलोचनाको तारो बनेका थिए । तर जब उनले पुटिनलाई ह्वाइट हाउस आउन निम्तो दिइसकिएको र सोको तयारी गर्न निर्देशन दिए, त्यसपछि भइरहेको उनको विरोधले नाटकीय मोड लियो । उनका अधिकारीहरुले आश्चर्य प्रकट गर्न पुगे । अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले हेलसिन्की शिखर वैठकमा ट्रम्प र पुटिनबीच भएको कुराकानीबारे आफू अनभिज्ञ रहेको बताउँदै यदि भ्रमण भएमा ‘त्यो भ्रमण विशेष हुने’ आश्चर्यजनक प्रतिक्रिया व्यक्त गरे ।

राजनीतिक विश्लेषकहरु भन्छन्– रुसले यो मौका चुकाउने छैन, यद्यपि उसका अमेरिकास्थित कुटनीतिक कर्मचारीहरु अमेरिका विरोधी गुप्तचरीमा लागेको आरोपमा पक्राउ हुँदै अदालती प्रक्रियाको मुकावला गरिरहेका छन् ।