माटोपनले मानिसको दैनिक जीवनमा निकै नै नराम्रो असर पारी राखेको हुन्छ । अझ पेट वरिपरी जमेको बोसोले त झनै कष्टकर बनाइ राखेको हुन्छ । तपाईहरुलाई पाँच यस्तो टिप्सबारे जानकारी गराउँदै छौं जसको कारणले आफ्नो पेटको बासो निकै सजिलैसँग घटाउन सक्नु हुनेछ । यो कुरालाई वैज्ञानिकको अध्ययनले पनि पुष्टि गरिसकेको छ ।
के–के हुन् त पाँच टिप्स ?
१. फाइबरको सेवन गर्ने
घुलनशील फाइबर तौल कम गर्नका लागि निकै राम्रो माध्यम हो । यसले आन्द्रालाई स्वस्थ राख्छ । अध्ययन अनुसार यस्तो प्रकारको फाइबरले तपाईंलाई पेट भरिएको महसुस गराएर तपाईंको तौल घटनाउन सहयोग गर्छ । फाइबरले तपाईंको शरिरको भोजनबाट अवशोषित क्यालोरीको संख्या कम गर्ने गर्छ ।
२. जुसको साटो फलफूल खाने
यद्यपी, फलको रस भिटामिन र खनिज प्रदान गर्छ तर यसले शरिरमा सोडा र सुगरको मात्रा पनि बढाउने गर्छ । अत्यधिक मात्रामा फलफूलको जुस सेवन गर्दा यसको बोसो बढाउँछ । यसको साटो दैनिक तपाईं विभिन्न प्रकारको फलको सेवन गर्न सक्नुहुन्छ ।
३. एरोबिक व्यायाम गर्ने
एरोबिक व्यायाम (कार्डियो) ले तपाईंको स्वास्थ्यलाई राम्रो बनाउन र क्यालोरी घटाउने एक प्रभावकारी तरिका हो । अध्ययनका अनुसार एरोबिक व्यायामले पेटको बोसोलाई कम गर्नका लागि व्यायामको सबैभन्दा प्रभावकारी रुप मध्येको एक हो ।
४. तनाव कम लिने
यो तौल घटाउने एक सजिलो तरिका हो । निन्द्रा एक महत्वपूर्ण कारक हो जसले तपाईंको तौल कम गर्न सहयोग गर्छ । उचित निन्द्राबाट वञ्चित हुँदा तपाईंको मेटाबोलिजम स्लो हुने गर्छ । त्यसकारण तपाईं असामयिक स्न्याक्स खाने गर्नुहुन्छ । किनभने यसले तपाईंको शरिरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) को मर्मत र पुनर्स्थापित गर्ने समय पाउँछ । हुन त निन्द्राको कमीले तपाईंको तौल बढाउने गर्छ भने धेरै सुत्दा पनि तपाईंको मेटाबोलिजमलाई स्लो गरेर तपाईंको तौल बढ्ने गर्छ ।
५. मद्यपान नगर्ने
मद्यपानको सेवन नगरेकै राम्रो । यदि तपाईं अत्यधिक पिउनुहुन्छ भने यसले गम्भीर रुपमा स्वास्थ्यलाई क्षती पुर्याउँछ । अनुसन्धानबाट पुष्टि भएको छ कि अत्यधिक रक्सीले तपाईंको पेटको बोसोलाई बढाउने काम गर्छ ।






























