काठमाडौं । विहीवार पोखरामा गण्डकी प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले बेच्ने भनेको खोलाको पानी नै हो भनेका छन् । प्रमले नै संवोधन गर्ने भनेपछि २ घण्टा पर्खिएर भए पनि सम्बोधन सुन्ने मौका पाएका प्रदेशका संसदहरु मार्फत् चीन र भारतबाट आउने रेलहरुमा खोलाको पानी बेच्न जनतालाई सुझाएका छन् ।

हार्दिक शुभकामना !

गण्डकी प्रदेशको संसदको पहिलो वैठकलाई सम्बोधन गर्दै प्रम ओलीले पानीजहाज र रेलका कुरा दोहर्याई तेहर्याई भट्याए । उनले गण्डकी भनेको एक तीर्थस्थल पनि भएको बताउँदै चीन र भारतबाट रेल आएपछि गण्डकी जस्ता नदीहरुबाट बोतलमा पानी उठाउँदै बेच्दै गरे मनग्यै पैसा कमाउन सकिने बताए । उनले थपे– ‘हामीले बेच्ने भनेको पानी नै हो । जति बेचे पनि भयो । बोतलमा पानी उठायो, बेच्यो । हाम्रोमा बाहेक मिनिरल वाटर कुनै देशमा बन्दैन । छानेको पानी पनि मिनिरल वाटर बन्छ ? हाम्रो जस्तो बगेको पो बन्छ त ।’

उनले आफैआफै हौसिएर एक सुरमा बत्ताउँदै भन्न थाले– ‘भारत र चीनको रेलले के ल्याउँछ, मलाई थाह छैन, तर जाँदा हामीले पठाउने भनेको पानी हो । त्यो पनि अझ मिनिरल वाटर । हिमालबाट आएको पानी किटनाशक हुने भएकाले औषधि जस्तै हो, यसमा मिनरल पनि हुन्छ । खलल्ल बग्दा जडीबुटी पनि मिसाएर ल्याएको हुन्छ, प्योर औषधि । हुँदैन त बिक्रि ? जति पनि हुन्छ । औषधिसहितको मिनिरल वाटर कस्ले नखाला ?’

उनले थपे– ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक उडाए । अरु देशले रेल चलाउने हामीले नचलाउने पनि कहिं हुन्छ ? नेपालमा रेल चल्छ, पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल चलाइन्छ, मिनिरल वाटर बेचिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर