ओली सरकार सामाजिक फासिवादी बन्यो, जनता फेरि लड्न तयार हुनुपर्ने भो : सिपी गजुरेल

ओली सरकार सामाजिक फासिवादी बन्यो, जनता फेरि लड्न तयार हुनुपर्ने भो : सिपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले जुम्लाको स्वास्थ्य विज्ञान प्रष्ठिानमा अनशनरत डा. गोविन्द केसीलाई अपहरणको शैलीमा काठमाडौं ल्याइनु र उनको समर्थनमा उत्रिएका चिकित्सकहरुको आन्दोलनमाथि बर्बर दमन गर्नु ओली सरकारको सामाजिक फासिवादी चरित्रको प्रदर्शन भएको टिप्पणी गर्नुभएको छ । मूलबाटोसँग कुरा गर्दै उहाँले सरकारको यो कदमको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “केन्द्रीय सरकारदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीहरु समेत लागेर डा. केसीलाई अपहरण शैलीमा काठमाडौं ल्याइनु अत्यन्तै निन्दनीय छ । यो ओली सरकारको सामाजिक फासिवादको अभिव्यक्ति हो ।” उहाँले अगाडि भन्नुभयो, “सरकारप्रति चौतर्फी रुपमा जनअसन्तोष चुलिरहेको छ । दुई तिहाइ बहुमतको दम्भमा ओली सरकार फासिवादी दमनमा उत्रिएको छ । जनता फेरि एकपटक सामाजिक फासिवादका विरुद्ध लड्न तयार हुनुपर्ने भो ।”

सत्तारुढ पार्टी (नेकपा)का अधिकांश नेता कार्यकर्ताहरु मेडिकल र शैक्षिक माफिया भएका कारण ओली सरकार डा. केसीका जायज मागहरु पूरा गर्नेतर्फ गम्भीर नरहेको भन्दै अध्यक्ष गजुरेलले माग पूरा गर्नुको साटो उल्टो संसदमा विधयक दर्ता गराएर मेडिकल तथा शैक्षिक माफियाहरुको स्वार्थपोषण गर्न उद्दत रहेको टिप्पणी गर्नुभयो । दुई तिहाई बहुमतको दम्भ देखाएर यसरी जनघात र राष्ट्रघातका गतिविधिहरु बढाउँदै जाने हो भने जनताको आक्रोश र आन्दोलनको अगाडि ओली सरकार बढारिएर जाने पनि चेतावानी दिनुभयो ।

यसैबीच, अध्यक्ष गजुरेलले शुक्रबारै एक वक्तव्य जारी गरी डा. केसीलाई उपचारका लागि भनी बलपूर्वक काठमाडौं ल्याउने क्रममा सरकाले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ साउन तथा विहीबार अन्धाधुन्ध लाठी चार्ज, अश्रुग्यास प्रयोग गर्दा २० जना डक्टर, विध्यार्थी र विरामी समेत खख्त घाइते भएको भन्दै त्यसको घोर भत्र्सना गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ, “सत्तामा टिकिरहन सरकाले लागु गर्दै आएको सामाजिक फासिवादी कदमका विरुद्ध संघर्षमा उत्रनका लागि तयार रहन आदरणीय जनसमुदायसँग अनुरोध गर्दछौ ।’