विश्वकप फाइनल अर्जेन्टिनी रेफ्रीले खेलाउने पक्का

प्रकाशित मिति : २०७५ असार २९

काठमाडौं, असार २९ । जारी विश्वकपको आइतबार मस्कोमा हुने क्रोएसिया र फ्रान्सबीचको फाइनल खेल अर्जेन्टिनाका रेफ्रीले खेलाउने भएका छन् ।

४३ वर्षीय नेस्टोर पिटानालाई फिफाले फाइनल खेलाउने जिम्मा सुम्पिएको हो । उनले रसिया र साउदी अरबबीचको उद्घाटन खेल खेलाएका थिए भने फाइनल खेल खेलाउने जिम्मा पनि उनलाई नै दिइएको छ ।

यो विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिए पनि अर्जेन्टिनाकै रेफ्रीको काँधमा फाइनल खेलाउने जिम्मा आएको हो । विश्वकपको फाइनल खेलाउन पाउनु रेफ्रीहरुका लागि कुनै अवार्ड भन्दा कम मानिन्न । पिटानाले खेलाएको यो विश्वकपको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५–० ले पराजित गरेको थियो ।

उनले यसअघि अन्तिम १६ को भिडन्तमा स्विडेनले मेक्सिकोलाई ३–० ले पराजित गरेको खेल र क्रोएसियाले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको खेलमा पनि रेफ्रीको भूमिका निभाएका थिए । त्यसैगरी फ्रान्सले उरुग्वेलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गर्दा पनि उनै रेफ्रीको भूमिकामा थिए ।