एजेन्सी । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिह्न्वाका अनुसार यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक कारखानामा विस्फोट भएको हो । विस्फोटको कारण भने खुलि सकेको छैन ।
विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको थियो । सन् २०१५ पछिको चीनमा भएको यो ठूलो विस्फोट हो ।