फ्रान्सेली विरोधप्रदर्शनमा माओवादी टिमको सहभागिता

फ्रान्सेली विरोधप्रदर्शनमा माओवादी टिमको सहभागिता

काठमाडौं । जुन २३ मा कमरेड जर्ज इब्राहिम अबदल्लाहको रिहाइको माग गर्दै निस्किएको पेरिसको एक ऐतिहासिक र्यालीमा माओवादी लडाकूहरुको एक टिम पनि सहभागी भएको थियो । मुक्तिका लागि एकल अभियानद्वारा आयोजित यो विरोध प्रदर्शन पेरिसदेखि डे ला रिपब्लिकसम्म गरिएको थियो । अब्दल्लाहको रिहाइको माग गर्दै गरिएको यो तेस्रो विरोध प्रदर्शन थियो ।

पहिलेको भन्दा यस पालीको विरोध प्रदर्शनमा देखिएको फरकपन भनेको माओवादी युवा लडाकु टिमको रिहाइ र विरोध प्रदर्शनमा उपस्थिति हुनु रहेको थियो । यसको नेतृत्व ज्युन्स रिभोल्युशनरीहरुले गरेका थिए । यसका साथै अर्को महत्वपूर्ण पक्ष भनेको प्रदर्शनमा जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, अस्टेलिया, इट्ली र टर्किस कमरेड पाहुनाहरुको पनि विशेष उपस्थिति थियो ।

प्रदर्शनमा रहेका २०० सहभागीहरुमध्ये ८० जति कमरेडहरु नै थिए । उनीहरुले गगनभेदी नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । निकै उत्साहित र संयमित यो विरोध प्रदर्शनमा ‘प्यालेस्टिनी जनताको सशस्त्र संघर्ष– जिन्दावाद !’ भनी नारा घन्काइएको थियो ।

उनीहरुले एकै स्वरमा भनेका पनि थिए– ‘एउटा वा दुईवटा होइन, सक्छस् भने हजारांैं रकेट वस्तीहरुमा फ्याँक !’ जर्ज अब्दल्लाह त्यही मुक्ति युद्ध लडिरहेका मानिस हुन् । उनको भनाइमा प्यालेस्टिनी जनताको मुक्ति वार्ताबाट होइन, सशस्त्र सङ्घर्षबाट मात्र संभव छ ।