मलेसियामा एक नेपालीद्वारा आत्महत्या

मलेसियामा एक नेपालीद्वारा आत्महत्या

मलेसिया । मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । अन्दाजी ४० वर्षका अन्नपुर्ण गाउँपालिका वडा नं. ८ कास्की घर भएका सन्दीप कामीले झुण्डिएर आत्महत्या गरेका हुन ।

सन्दीप ७ वर्ष अगाडी रोजगारीको शिलशिलामा मलेसिया आएर एक पटक पनि नेपाल फर्किएका थिएनन् । उनको आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन । सन्दीप सिमोनियामा रहेको एक ब्याटरी फयाक्ट्रीमा काम गर्दै आएका थिए ।

सन्दीपले मे ९ तारिखका दिन आत्महत्या गरेको भएपनि आवश्यक प्रक्रिया पूरा नभएको कारण शव पठाउन ढिलाइ भएको कम्पनीका एक प्रतिनिधिले जानकारी गराए ।