आईसीसी विश्व ११ मा परे सन्दीप, लर्ड्समा वेस्टइन्डिजको विरुद्ध खल्ने

प्रकाशित मिति : २०७५ जेष्ठ २

काठमाडौं, जेठ २ । नेपाली युवा क्रिकेट सन्दीप लामिछाने वेस्टइन्डिजविरुद्ध उतारिने आईसीसी विश्व–११ टिममा पर्न सफल भएका छन् ।

हाल दिल्ली डेयर डेभिल्सबाट इन्डियन प्रिमियर लिग क्रिकेट खेलिरहेका १७ वर्षीय स्पिनरलाई आईसीसीले वेस्टइन्डिजविरुद्ध बेलायतको लर्ड्समा हुने खेलका लागि टीम ११ मा छनोट गरेको हो ।

आगामी ३१ मे मा हुने यो खेलका लागि विश्वका चर्चित अन्य खेलाडीसँगै छनोट भएपछि सन्दीपले नयाँ अनुभव लिन पाउने भएका छन् ।