बुटवलमा यस्तो देखियो क्रान्तिकारी युवा लिगको ‘युवा मार्चपास’ (फोटोफिचर)

बुटवलमा यस्तो देखियो क्रान्तिकारी युवा लिगको ‘युवा मार्चपास’ (फोटोफिचर)

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगको ५ नं. प्रदेशको आयोजनामा गरिएको युवा मार्चपास बुटवलमा सान्दार रुपमा सफल भएको छ ।

बुधबार दिउसो बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको क्रान्तिकारी युवाहरुको मार्चपास तथा ¥याली बुटवल बजार परिक्रममा गरी (ट्राफिक चोक)मिडिया चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’, पार्टी स्थायी समिति सदस्य परि थापा, पार्टी पिविएम केवी गुरुङ, क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन लगायतले सम्बोधन गर्नुभएको सभाको सञ्चालन पार्टीका युवा नेता समिर केसीले गर्नुभएको थियो । मार्चपास तथा सभामा सैयौं युवाहरुको सहभागिता रहेको थियो ।

यसैबीच, बुधबारै विहान कपिलवस्तुको बाँडगंगामा महासचिव किरणले क्रान्तिकारी युवा लिगको ५ नं. प्रदेशको भेला तथा प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो । युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षण ६ दिनसम्म चल्नेछ । युवाहरुलाई पार्टी स्थायी समिति सदस्य परि थापा, पिविएमद्वय सिताराम तामाङ र केवी गुरुङले वैचारिक तथा राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


पत्रकार राजु भुजेल र किरण नगरकोटीले क्यामेरामा कैद गर्नुभएको भेला, मार्चपास र सभाका तस्बीरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।