काठमाडौं । अर्थ मन्त्रालयबाट तेस्रो किस्ताको रुपमा स्थानीय तहलाई ७५ अर्व रुपैयाँ निकासा प्रक्रिया सुरु गरिएको छ । अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा तेस्रो किस्ताको रकम पठाउने प्रक्रिया सुरु गर्न लागको मन्त्रालयलस्रोतले जनाएको छ ।

स्थानीय तहमा चालू आवको लगि अनुदानबाट एक खर्ब ४८ अर्ब ६३ करोड र सशर्त अनुदान शीर्षक बाट ७६ अर्ब ४१ करोड रुपैयाँ गरी दुई खर्ब २५ अर्ब रुपैयाँ छुट्याइएको छ ।

सरकारले ७ सय ५३ वटा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस मध्ये ७५ अर्ब रुपैयाँका चालु आव सुरु हुने वित्तिकै तथा पुस मसान्तपछि स्थानीय तहमा गइसकको छ । तेस्रो किस्तास्वरुप ७५ अर्ब रुपैंया स्थानीय तह जान लागको हो ।
बाँकी रकम अर्को किस्ताको रुपमा स्थानीय तहमा पठाइने अर्थ मन्त्रालयले जानाकारी गराएको छ । यो सबै रकम बैंकमार्फत् नै खर्च हुने हो । त्यसले हालको बैंकको तरलता अभावलाई पनि सहयोग गर्ने विश्वास वाणिज्य बैंकहरुले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर