प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बर्खास्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरेहेको पत्र थमाएको छ । 

न्याय परिषद् सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्बन्धमा भन्दै उमेर हदका कारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ । अब उनले राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन नपाउने भएका छन् ।

परिषदका सचिव नृपध्वज निरौलाद्वारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकाश हुने भएमा सम्बन्धित न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ । परिषद्को बुधबारकै सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ ।