भारतीय माओवादीको एम्बुसमा परी ९ जना कोब्रा बटालियन सदस्यको मृत्यु

प्रकाशित मिति : २०७४ फाल्गुन ३०

एजेन्सी । मंगलबार भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परी भारतको छत्तिससगढ़ राज्यका ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु भएको छ । एम्बुसमा परी ४ जना मरणासन्न अवस्थामा रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

घटनामा माओवादी छापामार अप्रेसनमा गएको माइन प्रतिरोध (एन्टी(ल्यान्डमाइन) गाडी निकै माथि उडेर पर हुत्तिएको कुरा पनि समाचार माध्यमहरूले उल्लेख गरेका छन् । जनमेल डटकमका अनुसार घटनामा ठूलो मात्रामा हातहतियार छापामारहरूले कब्जामा लिएको भए पनि सम्बद्ध पक्षले यसबारे केही जानकारी गराएको छैन ।