बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बर्दियाको गुलरिया नपामा वडा कमिटि गठन भएको छ ।
प्राप्त समाचार अनुसार २९ फागुनमा सम्पन्न एक भेलाले गुलरिया नगरपालिका वडा नं. ३ स्तरीय मोर्चाको कमिटि गठन गरिएको हो । क्रान्तिकारी माओवादीका केस भुपेन्द्र न्यौपाने, बर्दिया सचिव लोकराज जैसी लगायतको विशेष उपस्थितिमा सम्पन्न भेलाले मोर्चाको वडाको संयोजकमा बाठे गोडिया, सह–संयोजकमा मालति अर्जर र सदस्यहरुमा विजय गोडिया, बैजनाथ बन्जारा, चन्द्र बहादुर परियार, मुकेश गोडिया, राम चरण भौरी, तिलक राय गोडिया लगायतलाई चयन गरेको छ ।