किरात राष्ट्रिय मुक्ति मोर्चाको सुनसरी जिल्ला कमिटि गठन

किरात राष्ट्रिय मुक्ति मोर्चाको सुनसरी जिल्ला कमिटि गठन

सुनसरी । सुनसरीको धरानमा हालै सम्पन्न एक भेलाले किरात राष्ट्रिय मुक्ति मोर्चाको सुनसरी जिल्ला कमिटि गठन गरेको छ । प्राप्त समाचार अनुसार भेलाले मणिकुमार राईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । उक्त कमिटिको सचिवमा चक्र राई, कोषाध्यक्षमा चन्द्रकला राई लगायत रहेका छन् ।

अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज मनोज श्रेष्ठ, देजमो सुनसरी जिल्ला अध्यक्ष टिका राई, लिम्बूवान मुक्ति मोर्चाको सहसंयोजक पारस लिम्बू, टंक मणिराई, देमा तामाङ लगायतका नेताहरुले शुभकामना दिएको उक्त कार्यक्रमको सञ्चालन गौरब राईले गर्नु भएको थियो ।

मोर्चाले किरात, लिम्बूवान र कोचिलाको छुट्टाछुट्टै पहिचान कायम हुने गरी संघीयताको लागि संघर्ष गर्ने लगायतको निर्णय गरेको छ ।