मोहन वैद्य र मोहनविक्रमबीच पार्टी एकताको विषयमा छलफल

मोहन वैद्य र मोहनविक्रमबीच पार्टी एकताको विषयमा छलफल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ र नेकपा (मसाल)का महामन्त्री पार्टी एकता र कार्यगत एकताका विषयमा छलफल भएको छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आइतबार भएको छलफलमा क्रान्तिकारी माओवादी तर्फबाट महासचिव मोहन वैद्य‘किरण’ र स्थायी समिति सदस्य रामसिंह श्रीस र नेकपा (मसाल)का तर्फबाट महामन्त्री मोहनविक्रम सिंह, आनन्द शर्मा र हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

दुवै पार्टीका नेताहरुबीच पार्टी एकता र कार्यगत एकताका विषयमा छलफल भएको छ । छलफलमा मिल्ने विषयहरुमा सहकार्य गर्दै पार्टी एकताका लागि आधार तयार पार्ने, छलफललाई निरन्तर रुपमा अगाडि बढाउने सहमति भएको छ । अन्य पक्षहरुसँग पनि छलफल अघि बढाउने सहमति भएको क्रान्तिकारी माओवादीका नेता श्रीसले वर्गदृष्टिलाई जानकारी दिनुभयो ।

पछिल्ला दिनमा क्रान्तिकारी माओवादीले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकीकरण र ध्रुवीकरणमा जोड दिंदै आएको छ ।