चितवन । जिल्लाको माडी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखलाई अखिल (क्रान्तिकारी)ले ७ बुँदे माग पेश गरेको छ । क्रान्तिकारी माओवादी निकट क्रान्तिकारीले संगठन महंगी, भ्रष्टाचार, कालोबजारी, शिक्षामा निजीकरण, व्यापारिकरण हुँदै गरिएको माफियाकरणका विरुद्ध संघर्ष गर्दै आएको भन्दै माडी क्याम्पसमा पूर्णकालीन सेवादिन नसक्ने प्राध्यापक, कर्मचारीहरुलाई निस्कासन गर्नुपर्ने, उच्च शिक्षा परिषद्ले तोकेभन्दा बढी परीक्षा शुल्न लिन नपाउने, स्वच्छ खानेपानी, सफा चर्पी, व्यवस्थित खेलमैदान तथा खेल सामग्रीको व्यवस्था गर्नुपर्ने, राजनैतिक भर्तिकेन्द्र बन्द गर्नुपर्ने, भागवण्डाका आधारमा प्रध्यापक कर्मचारी नियुक्तिको अन्त्य हुनु पर्ने, प्रयोगात्मक विषयहरुको व्यवहारिक कक्षाहरु संचालन गरिनु पर्ने, छात्रवृत्तिको नाममा भइरहेको सार्वजनि सम्पत्तिको दुरुपयोग रोक्दै उठ्नुपर्ने बेरुजु रकम विवरण तुरुन्त सार्वजनिक गर्नुपर्ने, छात्रावृत्तिलाई पारदर्शी, वैज्ञानिक र लक्षित समूहमा आधारित रही वितरण गरिनु पर्ने आदि माग अगाडि सारेको छ । केही दिन अघिमात्र गठिन क्याम्पस मूल इकाई कमिटिले राखेर आन्दोलन अगाडि बढाएको मूल इकाई अध्यक्ष राम सापकोटाले जानकारी दिए ।