विरगंज । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग र अखिल (क्रान्तिकारी)का नेताहरु भारतले ५० विघाभन्दा बढी नेपाली भूमि मिचिएको सीमा स्थल विरगञ्ज महानगरपालिका–१ मा पर्ने छपकैयामा पुगेर भारतीय विस्तारवादी शासकहरुका विरुद्ध चर्का नाराबाजी गरेका छन् । र, छपकैयाको ५० विघा लगायत अहिलेसम्म अतिक्रमण गरिएका सबै नेपाली भूमि फिर्ता गराइछाड्ने उद्घोष गरेका छन् । छपकैयामा सीमा स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटका दरले करिब तीन किलोमिटर दुरीमा ठाउँ–ठाउँमा नेपाली मिचिएको छ ।

नेपालको राष्ट्रिय झण्डा र व्यानरसहित सीमास्थल पुगेका क्रान्तिकारी युवा र विध्यार्थीहरुले बर्षौदेखि भोगचलन गर्दै आएको जमिन भारतीय भूमिमा परेपछि विरोध गर्दै आएका स्थानीय पीडितहरुसँग भेटघाट कुराकानी समेत गरेका छन् ।

भरतीय पक्षको ज्यादतीविरुद्ध नेपाली भूमि रक्षाका लागि स्थानीय पीडितहरुले खुलेरै कुरा गरेका छन् । स्थानीय एक  ७८ वर्षे किसान हरिकिसन साहले युवा नेताहरुसँग कुराकानीको क्रममा राज्यको राष्ट्रघाती चरित्रप्रति प्रश्न उठाउँदै भनेका छन्, “हजारौं वर्षदेखि हामी र हाम्रा पुर्खाले रगत पसिना बगाएको नेपाली भुमी भारतको भन्ने अधिकार नेपाल सरकारलाई कस्ले दियो ?”

 

प्रतिक्रिया

सम्बन्धित खवर