काठमाडौं, १९ पुस । चन्द्रागिरी नगरपालिका २, नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङ्गबाट काठमाडौं तर्फ आउँदै गरेको बा ४ ख ७३८० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ९ किलोग्राम लागुऔषध चरेस सहित धादिङ्ग, बेनिघाट बस्ने ३० वर्षीय देवलाल तामाङ्गलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ । तामाङ्गलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।