
काठमाडौं, ४ पुस । पुस ५ र ६ गते बस्न लागेको नेपाल तथा भारतको उर्जा सचिव स्तरीय बैंठक स्थगितभएको छ । बैठकबाटभारतले नेपालमा पठाउँदै गरेको बिजुलीको मूल्य बढाउन खोजेको बुझिएको छ । यस सम्बन्धी अनौपचारिक जानकारी भारतले ऊर्जा मन्त्रालयकाअधिकारीलाई दिइसकेको छ ।
चुनाव सम्पन्नभइसकेपछि नयाँ सरकार गठन नभइसकेकाकारण बंैठकलाई अहिले स्थगित गरिएको छ । नयाँ सरकार नबनेसम्म बिजुलीको मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय उचितनहुने भन्दै अहिलेलाई बैठक नै स्थगितगरिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।
ऊर्जा मन्त्रालयले अहिलेलाई बैठक स्थगितगर्न आग्रह गरेपछि भारतले पनि त्यसमा सहमति जनाएको छ । नेपालमा भारतले पठाउँदै आएको बिजुलीमा घाटा भएको भारतीयपक्षले दावीगर्दै आएको छ । बुटवल गोरखपुर ४ सय केभीको प्रसारण लाइननिर्माणको जिम्मा पनि निजीकम्पनीलाई दिने भारतीयपक्षको भनाइ छ ।
यसलाई कमर्सियल रुपमानिर्माण गनुपर्ने भारतले अडान राख्दैआएको छ । नेपालको उर्जा मन्त्रालयले भने यो दुई देशबीचका सरकार मिलेर निर्माण गर्नुपर्ने माग राख्दै आएको छ ।