काठमाडौं, २८ मंसिर । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसामु ३५१ रनको विशाल लक्ष्य खडा गरेको छ ।
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा कप्तान रित गौतमको शतकीय पारीको मदतले नेपालले ३५ ओभरमा ६ विकेट गुमाइ ३५० रन बनायो । रितसँगै नेपालका तृत राज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेले ।

रितले ७८ बलमा अविजित १०६ रनको पारी खेल्दा १२ चौका प्रहार गरे। यस्तै, तृतराज दासले २९ बलमा ७ चौका र ३ छक्काको मदतमा ६४ रन जोडे भने आक्रामक ब्याटिङ्ग गरेका प्रतिशले ३१ बलमा ६३ रन बनाए । सो क्रममा उनले १० चौका र १ छक्का प्रहार गरे ।

नेपालको स्कोर फराकिलो बनाउन अन्य ब्याट्सम्यानहरु विशाल बिक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास (सुबोध) ऐरले १७ रन जोडे । म्यानमारका हेइन हेट एङले ३ विकेट लिए । समूह ए बाट सेमिफाइनलमा पुगिसकेको नेपाल म्यानमारविरुद्ध जित निकाल्दै नेपाल समूह विजेता बन्ने दाउमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर