नेपाली बजारमा आइफोन टेन सार्वजनिक

नेपाली बजारमा आइफोन टेन सार्वजनिक

काठमाडौं, मंसिर १५ । शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन सार्वजनिक भएको छ । नेपाली प्रयोगकर्ताका लागि आजदेखि नेपाली बजारमा आइफोन टेन उपलब्ध भएको हो ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन शुक्रबारबाट नेपालमा सार्वजनिक गरेको छ ।

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले वर्षौदेखि नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २ सय ५६ जिबी स्टोरेजमा मात्र उपलब्ध छ, भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आएको छ ।
नेपाली बजारमा आइफोन टेन ६४ जिबीको मूल्य १ लाख ३८ हजार र २ सय ५६ जिबीको मूल्य १ लाख ५९ हजार तोकिएको छ