रुकुम । जिल्लाको पश्चिमी क्षेत्र मुसिकोट नगरपालिका ६ मा शुक्रबार साँझ जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी प्रहरी निरीक्षक नविन श्रेष्ठ र उनकी श्रीमति अनिता प्रधानको समेत मृत्यु भएको छ । निरीक्षक श्रेष्ठले तीनदिन अघि मात्र विवाह गरेका थिए ।
मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् । घाइतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका छन् ।