काठमाडौं, २१ कार्तिक । जापानका उद्योगीहरु नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । नेपाल भ्रमणमा रहेका जापानका उद्योगीहरुले नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापानका उद्योगीहरुले नेपालमा लगानी गर्ने वातावरण बनेको उल्लेख गर्दै कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने चाहना व्यक्त गरेका हुन ।
जापानका उद्योगीहरुले नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए ।
सिंगापुरमा व्यवसाय गर्दै आएका जापानीज उद्योगीहरुको टोली लगानीको वातावरण बनेपछि नेपाल भ्रमणमा आएका हुन् । उनीहरुले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।
सरकारले लगानी मैत्री वातावरण बनाउन भन्दै श्रम ऐन, उद्योग ऐन पारित गरेपछि अन्तर्राष्ट्रिय समुदायहरु नेपालमा लगानी भित्रयाउन तयार देखिएका हुन ।






























