ताजकिस्तानसँग नेपालको हारमा तीन पेनाल्टी गोल

ताजकिस्तानसँग नेपालको हारमा तीन पेनाल्टी गोल

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग दोस्रो हार व्यहोरेको छ । यो हारसँगै नेपालको छनोट हुने सम्भावना कमजोर बनेको छ ।

मंगलबार भएको खेलमा घरेलु टोलीले नेपालमाथि ३–० को जित निकालेको हो । ताजकिस्तानको जितमा तीनै गोल पेनाल्टीमा सम्भव भएको हो ।

अनन्त तामाङले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले २० औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ताजकिस्तानले अर्को पेनाल्टी पायो । अनन्तले डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा सहजै गोल गर्दै घरेलु टोलीले अग्रता दोब्बर पार्यो ।

८६ औं मिनेटमा ताजकिस्तानले अर्को पेनाल्टी पायो । आदित्य चौधरीको खराब ट्राकल गर्दा पाएको पेनाल्टीमा गोल गर्दै ताजकिस्तानले ३–० को जित निकाल्यो ।