
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । सम्मेलनको तेस्रो दिन आज सम्मेलनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहमा गरिएका छलफललाई समूह नेताहरुले प्रस्तुत गर्दै छन् । दस्तावेजमाथि दस्तावेज प्रस्तुतकर्ता पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ र कार्यालय सदस्य रामसिंह श्रीसबाहेकका नेताहरुले पनि आफ्ना धारणाहरु राख्ने कार्यक्रम रहेको छ । सम्मेलन उद्घाटनदेखि दस्तावेजमाथिका समूह छलफलका दृश्यलाई बरिष्ठ फोटो पत्रकार जय दाहालले क्यामेरामा कैद गरेका दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ ।