मेस्सीको शानदार प्रदर्शनमा आइबरमाथि बार्सिलोनाको फराकिलो जित

मेस्सीको शानदार प्रदर्शनमा आइबरमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौं । अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीको प्रेरणादायी खेलका मद्दतमा स्पेनिस ला लिगामा बार्सिलोनाले आइबरमाथि ६–१ को फराकिलो जित आत्मसात गरेको छ ।

ला लिगामा विजयी यात्रालाई जारी राख्ने क्रममा मंगलराति भएको खेलमा बार्सिलोनाले आइबरमाथि सहज जित निकालेको हो ।

लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे भने पाउलिन्हो र डेनिस स्वारेजले एक–एक गोल गरे ।

आइबरका लगि एनरिचले एक गोल फर्काए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् ।

लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।