टर्की र रुसबीच विमानमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र सम्झौतामा हस्ताक्षर

टर्की र रुसबीच विमानमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र सम्झौतामा हस्ताक्षर

काठमाडौं । टर्की र रुसबीच विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले सो सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको बताएका छन् ।

रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने छ ।

नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य क्षमता रहेको छ । अमेरिकाले टर्की र रुसबीच भएको यो सम्झौताको विरोध गरेको छ ।

अमेरिका र युरोपसँग सम्बन्ध चिसिएपछि टर्कीले रुससँग नजिकिको सम्बन्ध बनाउने कोशिस गरिरहेको छ ।

अमेरिकाले कुर्द विद्रोहीलाई सैन्य सहयोग गरेको भन्दै एर्दोगान सरकारले आपत्ति जनाउंदै आएको छ ।