काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि उम्मेदवारलाई शनिबार चुनाव चिन्ह वितरण गर्दैछ ।

बिहान ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

हार्दिक शुभकामना !

दलगत चुनाव चिन्ह पाएका उम्मेदवारहरुले चुनाव प्रचार प्रसार गरिरहेपनि दलीय चिन्ह नपाएकाहरुले चुनाव चिन्ह नपाएका कारण प्रचार प्रसार गर्न पाएका छैनन् । चुनाव चिन्ह पाएपछि उम्मेदवारले प्रचारलाई अझै तीब्र बनाउने छन् ।

अहिले पनि प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ वटै स्थानीय तहमा बिहानैदेखि उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर