हाम्रो देश नेपाल अधिकांश हिमाल, पहाडसहित तराई र भित्री मधेस भएको कृषिप्रधान देश हो जहाँका बासिन्दाहरुमा किसान समुदायको बाहुल्यता रहिआएको छ । वर्तमान देशको स्थिति सामन्तिहरुको शक्ति कमजोर अवस्थामा छन् । सामन्ती शक्तिहरुको अस्तित्व भनेको देशको निमित्त बोझ हुन तर सर्वहारा वर्गले नेतृत्व गर्ने र गरेका क्रान्तिका निमित्त भने तिनीहरु सम्पति हुन् किनभने तिनले हामीलाई किसान समुदायको रुपमा व्यापक सहयोग जुटाई दिन्छन् ।
त्यसकारण मलाई के लाग्छ भने सामन्तवाद कमजोर वा बलियो भएका देशहरुमा सर्वहारावर्गको राजनीतिक पार्टीले ग्रामीण क्षेत्रमा गई किसानहरुको सहयोगको खोजी गर्नु पर्दछ । यसो भनिरहँदा यस्तै विषयसँग मिल्दोजुल्दो विगतका घटना (पूर्व राजा महेन्द्रले त्यति बेलाको विद्यार्थी आन्दोलनलाई तुहाउने (विथोल्ने) उद्देश्यका साथ स्नातक उतीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्यतः ६ महिना ग्रामीण क्षेत्रका विभिन्न पाठशालाहरुमा गई स्वयम्–सेवकीय कार्यमा संलग्न हुनैपर्ने लागु गरेको नीति अन्तर्गत त्यति बेलाका स्नातक उतीर्ण अधिकांश विद्यार्थी समुदाय, जो व्यवहारिक ज्ञान बिनाको रेडिमेड सैद्धान्तिक किताबी ज्ञानका आधारमा ग्रामीण किसान समुदायलाई जागरुक बनाउर्ने पवित्र उद्देश्य बोकी कार्यमा संलग्न ती विद्यार्थीहरुले अनावश्यक अनेक किसिमका यातनाहरु भोग्न बाध्य हुनपुगेका थिए) बाट अबका विद्यार्थी तथा बुद्धिजीवीहरुले पाठ सिक्नु पर्छ, पाठ सिकेर पनि किसानहरुको सहयोग खोजी गर्न गाउँघरमा जानेबेला उनीहरुमा सही प्रवृत्ति नभएमा, उनीहरुले किसानहरुको विश्वास प्राप्त गर्न सक्दैनन् । सहरिया विद्यार्थी र बुद्धिजीवीहरुलाई ग्रामीण मामलाहरु र किसान मनोविज्ञानबारे ज्यादै कम थाहा हुन्छ, त्यसकारण उनीहरुले किसानहरुको समस्या कहिल्यै पनि सही ढंङ्गले हल गर्न सक्दैनन् ।
हामीले उनीहरुलाई सैद्धान्तिक केही कुरा सुनाउँदैमा, हामीले उनीहरुलाई यसो केहि मद्दत (सहयोग) गर्नासाथ उनीहरुले हामीलाई तत्कालै विश्वास गरिहाल्छन् भन्ने कुरा नचिताउनोस् । हुन त यतिखेर गाउँघरका युवा किसानहरु धेरैजसो रोजगारीको खोजीमा विदेश पलायन भइसकेको स्थिति छ भने सहर र गाउँघरका कतिपय मध्यम तथा गरीब किसानहरु पनि महेन्द्र मार्काको भूमिसुधारको भुलभुलैयामा परी, आफ्ना निकतम क्रान्तिकारी सर्वहारा वर्गबाट विमुख भई क्रान्ति विरोधी सोच र क्रियाकलाप नै आफ्नो जीवनचर्या अपनाई उपलब्ध जग्गा–जमिन बेचेर वा जे गरेर हुन्छ गरी, त्यसरी जम्मा हुन आएको धनराशी अनुत्पादक क्षेत्रमा खर्च गर्नुकासाथै क्षणिक विलासिता सुखसयलमा रुमलिन पुगिरहेको स्थिति छ । यसो भनेर फेरि हामीले ग्रामीण र सहरी क्षेत्रका किसान समुदायलाई ओझेलमा पर्न दिनु हुन्न । यिनीहरुलाई गम्भीर रुपले सम्झाई बुझाई क्रान्तिप्रति आकर्षित गर्दैै गर्नुपर्छ ।
किसानहरु सर्वहारा वर्गका एकदम नजिकका सहयोगी हुन् । ऐतिहासिक दश वर्षीय जनयुद्धताका हाम्रो पार्टीले किसानहरु बिचको कामको महत्वलाई स्वीकारेर ग्रामीण कामलाई पहिलो र सहरीया कामलाई दोश्रो स्थानमा राखी काम कुरो अगाडि बढाउँदा नयाँ जनवादी क्रान्ति सहज ढङ्गले अगाडि बढाउन सक्षम भएको त्यो महत्वपूर्ण क्षण र कुरोलाई यतिखेर सजिलै बिर्सेको हो कि भने जस्तो गरी अहिले विशेषतः पार्टीको गतिविधि सहर केन्द्रित हुनपुग्नु गलत कुरो हो । यसलाई सच्याउन जरुरी छ ।
यहानिर अर्काे सोचनीय कुरो कम्युनिस्ट पार्टीको लागि, जो संघर्षको अग्रदस्तामा छन्, श्रमिक जनताको तालिम तथा प्रशिक्षण नै त्यो मुख्य कार्य हुनुपर्दछ, जसले गर्दा पुरानो व्यवस्थाबाट अपुताली स्वरुप पाएको पुरानो बानी, स्वामित्वका यी पुराना बानीहरु छुटाउन सकियोस, जसमा आम जनसमुदाय पूर्णतः भिजेको छ । यस कार्यको लागि कम्युनिस्ट पार्टीको सदस्य नबनेका ती इमान्दार भौतिकवादीहसँग मेलमिलाप गर्नुका साथसाथै आधुनिक प्राकृतिक विज्ञानका ती प्रतिनिधिहरुसँग गठबन्धन गर्नु क्रान्तिकारी कम्युनिस्ट (भौतिकवादी) को लागि बढी होइन भने कम महत्वपूर्ण पनि छैन, जसको झुकाउ भौतिकवादतर्फ छ र जो तथाकथित ‘शिक्षित समाजमा’ व्याप्त अध्यात्मवादी तथा संशयवादी दिशामा हुने फेसनवाल दार्शनिक भड्काउका विरुद्ध भौतिकवादको समर्थन र प्रचार गर्न डराउँदैनन् ।
निकट भविष्यमा हुनगइरहेको हाम्रो पार्टीको राष्ट्रिय सम्मेलनका दस्तावेजमा प्रस्तुत गरिने र प्रतिपादन गरिने कुराहरुले यथासम्भव नेपाली वास्तविकताहसँग मेलखानु वा मोटामाटी रुपले मेल खानु पर्छ । त्यसका साथसाथै हामीले हाम्रा अनुभवहरुका आधारमा वास्तविकताहरु विरुद्ध चल्ने विचारहरुको आलोचना गर्नु पर्दछ, मनोगतवाद विरुद्ध संघर्ष गर्नु पर्दछ ।
नयाँ जनवादी क्रान्तिका क्रममा निकै लामो समयसम्म हामीलाई मनोगतवादको व्याधीले ग्रस्त गरेको थियो र हामीले यसको लागि निकै ठूलो मूल्य चुकाउनु परेको थियो । अर्थात, नयाँ जनवादी क्रान्तिको लक्ष्य र उद्देश्य नजिक पुगिसकेका हामीले हाम्रा सारा आधार इलाकाहरु र हाम्रा क्रान्तिकारी शक्तिहरुको लगभग ८०÷९० प्रतिशत भाग गुमाउनुकासाथै दशौं हजार वीर सहिदहरुको सपना, हजारौं बेपत्ता पारिएका सपुतहरु र हजारौंको संख्यामा अपांग बनाइएकाहरुको योगदान साँच्चिनै गुमाउनु प¥यो । अनि त्यतिखेर मात्रै हाम्रो चेत खुलेको थियो भन्दा फरक नपर्ला । भन्नु नै पर्दा त्यस प्रकारको मामिलाहरु आज हाम्रो काममा अझसम्म पनि बारम्बार घट्ने गरेका छन् । मनोगतवाद भनेको वस्तुगत यथार्थका आधारमा र जे वास्तविक रुपमा सम्भव छ त्यस कुराका आधारमा अघि नबढी मनोगत इच्छाहरुका आधारमा अघि बढ्ने गर्छ । क्रान्तिकारीहरु यस अर्थमा सचेत हुनै पर्छ ।
माक्र्सवादको विश्वव्यापी सत्यलाई नेपाली क्रान्तिको ठोस व्यवहारसँग एकीकृत गराउनै पर्छ । सिद्धान्तलाई व्यवहारसँग एकीकृत गराउने कुरा माक्र्सवादका आधारभूत सिद्धान्तहरु मध्येकै एक हो । द्वन्द्वात्मक भौतिकवाद अनुसार, विचारमा वस्तुगत यथार्थ प्रतिबिम्वित हुनैपर्छ र त्यसलाई सत्य मान्नुभन्दा अघि वस्तुगत व्यवहारमा त्यसको परीक्षा गरी त्यसलाई रुजु गरेर हेर्नुपर्छ, अन्यथा त्यसलाई सत्य मान्न सकिन्दैन् ।
विगतमा सिंगो पार्टीभित्र मौलाउँदै गरेको मनोगतवाद र संकीर्णतावाद विरुद्ध खरो गरी उत्रन र उतार्न नसक्नुको परिणति दक्षिणपन्थी अवसरवादमा पतनभई नवसंशोधनवादमा बिलय हुन पुगेकाहरुले ट्राटस्कीको कार्यशैलीलाई अँगालेर साम्राज्यवादी र विस्तारवादीहरुको नीति निर्देशनमा, क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्रका ती प्रचण्ड, बाबुराम, विप्लव र बादल जस्ताले माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोण विपरित क्रियाकलाप अपनाउने र पार्टीलाई चोइट्याउनेसम्मका काम त गरी नै सके । यसो भनेर हामीले मनोगतवाद, उदारवाद र संकीर्णवाद विरुद्ध नजुधेका होइनौं तिनको विरुद्ध जुद्धै तिनलाई परास्त गर्दै यहाँसम्म आइपुगेका हौं र फेरिपनि यहाँ त्यो वितेका दुःखद घटनाको पीडा भन्दा यतिखेर ‘मरेको मानिसको पिर भन्दा काल पल्केला’ भन्ने चिन्ता हो अर्थात मनोगतवाद र संकीर्णतावादले एकपटक परास्त भएपछि फेरि पनि टाउको उठाउँछन् र तिनलाई फेरि पनि परास्त गर्नु पर्ने हुन्छ । निकतम भविष्यमा हुनगइरहेको हाम्रो पार्टीको राष्ट्रिय सम्मेलनले विचारधारा र कार्यशैली सम्बन्धी हाम्रो पार्टीका राम्रा परम्पराहरुलाई अघि बढाउनु पर्दछ । यसले मनोगतवाद रसंकीर्णतावाद विरुद्ध प्रभावकारी ढङ्गले जुध्नु पर्दछ र साथै नोकरशाहीको पनि विरोध गर्नुपर्छ ।
यहाँनिर कुरोको चुरो के हो भने हाम्रो पार्टीको संगठनात्मक संरचनालाई वर्गीय दृष्टिकोणले हे¥यौं भने हाम्रो पार्टीमा मुख्यतः मजदुरहरु र गरीब किसानहरु भन्दा सम्पन्न किसानहरु, मध्यमवर्ग र निम्न पूँजीपतिहरुको निकै ठूलो भाग रहिआएको प्रतित हुन्छ । हामी सबैको आँखा अगाडि खुलस्त रहेको कुरा के हो भने यिनीहरु सबै प्रायः सधैं नै ढुलमुलाउँछन् र उनीहरु उत्साहित भएको बेलामा उन्मादको अवस्थामा पुग्छन् अनि निराश भएको बेलामा चाँहि हतोत्साहका साथ मुन्टो लुकाउँछन्, यस प्रकार दृढ भएर क्रान्तिको पक्षमा खडा हँुदैन । धेरै जसो समय उनीहरु भन्नाले सम्पन्न मध्यम किसान उनीहरुको आँखा आफ्नो स्वामित्वमा रहेको सम्पतिको अनमोल टुक्रामा गाडिरहन्छ, जुन सम्पतिको रुपमा थोरबहुत जग्गा र कृषिजन्य औजार र चौपायहरु बाहेक केहि पनि हुँदैन । मध्यम र निम्न पँुजीपतिहरुको सहर बजारमा सानुतिनु एकाध घर घडेरी र सानुतिनु नोकरी र सानुतिनु बन्दव्यापारसँगै केही नगद–जाकड सिवाय अरु हुँदैन र नाफा नोक्सानको भावनाको वशमा पर्ने हुनाले यी मानिसहरु आफ्नो स्वामित्वमा रहेका यी चीजहरु गुम्लान कि भनेर असाध्य पिरोलिन्छन् । यिनीहरुको दाँजोमा गरीब किसानहरु फरक छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीकोे सांगठनिक संरचना वर्गीय बनोटको दृष्टिबाट हाम्रो पार्टीमा मुख्यतः मजदुरहरु र गरीब किसानहरु अर्थात सर्वहारावर्ग र अर्धसर्वहारावर्गको बाहुल्यता रहेको हुनुपथ्र्यो । अर्धसर्वहारा वर्ग पनि निम्न पुँजीपति वर्ग नै हो तापनि यस वर्गका मानिसहरु मध्यम किसान समुदायका मानिसहरु भन्दा निकै नैै बढी स्थिर हुन्छ । यसो भनेर मध्यम वर्ग र सम्पन्न मध्यम किसानहरुलाई अवमूल्यन गरी पार्टीबाट निरुत्साहित पारेर पठाउनु पर्छ भन्ने होइन । यस मामलामा माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोण अनुरुप सापेक्षित ढङ्गले क्रान्तिकारी कार्यादिशा निर्माणका साथ सिंगो पार्टी पंक्तिलाई एकताबद्ध पारेर नयाँ जनवादी क्रान्तिको पहलकदमी लिने भन्ने नै हो ।
क्रान्तिकारीहरुले अत्यन्तै महत्वका साथ बुझ्नुपर्ने कुरो भनेको अर्ध–सामन्ती तथा अद्र्ध–नवऔपनिवेशिक राज्यव्यवस्था कायम रहेको देशहरुमा नयाँ जनवादी क्रान्ति एक अनिवार्य सर्त हो र नयाँ जनवादी क्रान्ति भन्नु नै साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवाद विरोधी पूँजीवादी–जनवादी क्रान्ति हो । सबैलाई थाहा भएको कुरा के हो भने साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवाद विरोधी पँुजीवादी–जनवादी क्रान्तिको निमित्त अत्यावश्यक मजदुर–किसान, देशभक्त वामपन्थी तथा श्रमजीवी आम जनसमुदाय एकतावद्ध हुनु जरुरी छ । यो एक त्यस्तो क्रान्ति हो जसले जमिन्दारहरुबाट जमीन खोसेर भूमिहीन किसानहरुलाई बाँडिदिन्छ, जसले गर्दा उनीहरुलाई सामन्ती स्वामित्वबाट उन्मुलन गरी देशमा जनवादी (जनगणतन्त्रीय) राज्यव्यवस्था कायम गर्नुका साथसाथै समाजवादतिर लम्कने बाटो खन्न सुरु गर्नुपनि हो र यसो गर्नु आवश्यक पनि छ । अन्यथा जनवादी व्यवस्था विरोधी तत्वहरुले जनवादी राज्यव्यस्था भित्रैबाट टाउको उठाई विकृति र विसंगतिको भङ्गालो सृजना गर्ने प्रवल सम्भावना रहन जान्छ ।
विगतकालका सबै अनुभवले एउटा कुरा औंल्याएका छन्, त्यो के हो भने विचारधारात्मक संघर्षले निशानामा तारो हान्नै पर्छ । अर्थात विचारहरुको टक्कर हुनैपर्छ । पौराणिक लडाइमा जस्तै एक–आपसमा वैचारिक तरवारले घोचाघोेच गर्नैपर्छ विचारको टक्कर भनेको यही हो । विचारहरुको टक्कर बिना हामी हाम्रा विचारमा स्पष्टता र समग्रता प्राप्त गर्न सक्दैनौं, र यो कुरा राम्रो होइन । अहिले नजिकिँदै गरेको यस राष्ट्रिय सम्मेलनमा विचारको टक्कर चलाई हामीले आफ्नो सोचाईमा स्पष्टता र समग्रता प्राप्त गर्न सक्नु नै पर्छ । यस पद्धतिको पहिलो फाइदा के हो भने यसले अधिकाँश कमरेडहरुलाई विभिन्न शंका उपशंका (प्रश्नहरु) को सम्बन्धमा स्पष्टता प्राप्त गर्न सघाउ पु¥याउँछ, अनि दोश्रो कुरा, गल्ती गरेका कामरेडहरुलाई गल्ती सच्याउन यसले सघाउ पु¥याउँछ ।
मलाई लाग्छ क्रान्ति सम्पन्न गर्न, कम्युनिस्ट र गैरकम्युनिस्टहरुको एकता नितान्त आवश्यक कुरा हो । मात्र क्रान्तिकारी कम्युनिस्टहरुको हातबाट क्रान्ति सम्पन्न हुन सक्छ भन्ने धारणा कसैले पालेर बसेको छ र हो भने यो धारणा क्रान्तिकारी कम्युनिस्टहरुको निमित्त सबभन्दा ठूलो र खतरनाक गल्ती हो । यसको उल्टो, जुनसुकै प्रकारको गम्भीर क्रान्तिकारी कार्यको सफलताको लागि क्रान्तिकारीहरुले वास्तवमा नै सजीव र प्रगतिशील वर्गको अग्रदलको भूमिका मात्रै खेल्न सक्छन् भन्ने कुरा बुझ्नु र यस कुरालाई जीवनमा लागु गर्नु आवश्यक छ । अग्रदलले त्यसबेला मात्र अग्रदलको भूमिका निभाउन सक्तछ, जब उ आफूले नेतृत्व गरेको जनसमुदायबाट नअलग्गिकन अगाडि बढ्न सक्छ र वास्तवमा नै जनसमुदायलाई अगाडि बढाउने क्षमता राख्दछ । विभिन्न कार्यक्षेत्रहरुमा गैरकम्युनिस्टहरुसँग मेलमिलाप नगर्ने हो भने कुनै पनि प्रकारको जनगणतन्त्रीय निर्माणबारे कुरै नगरे हुन्छ । सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले यो अत्यन्तै गहनतम् महत्वको विषयलाई बिना संकोच कडाइका साथ आत्मासात् गरी व्यवहारतः नयाँ जनवादी क्रान्तिलाई उत्कर्षमा पु¥याई देशको आवश्यकता र जनताको चाहना अनुरुप संघात्मक जनगणतन्त्रीय, राज्यव्यवस्था कायम गर्नु नै आजकोे राष्ट्रिय आवश्यकता हो ।